पानी शुद्धिकरणका लागि केन्ट प्रयोग गरौं, नेपालमा हाम्रो प्रतिस्पर्धी नै छैन : प्रदिप भण्डारी

  २०७९ असोज १२ गते १६:००     विकासन्युज

नेपालमा पानी शुद्धिकरण गर्ने परिचित ब्राण्ड हो केन्ट । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्टलाई बिक्री गर्दै आएको छ । पानी शुद्धिकरणका लागि परिचित केन्ट पछिल्लो समय लोकप्रिय ब्राण्डका रुपमा नेपालमा उपभोक्ताले खरिद गरिरहेका छन् । कम्पनीले दशैं तिहारको अवसर पारेर विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । कम्पनीले गर्दै आएको काम कारवाही, पानी शुद्धिकरणको आवश्यकता र कम्पनीको विजनेसको विषयमा विकासन्युजका लागि सीआर भण्डारीले केन्टका डेपुटी म्यानेजर प्रदिप भट्टराईसँग कुराकानी गरेका छन् ।

केन्ट भनेको के हो ?

केन्ट पानी शुद्धिकरण गर्ने मेसिनलाई उत्पादन गर्ने कम्पनी हो । केन्टका मेसिनहरुले विभिन्न पानीको स्रोतलाई शुद्धिकरण गर्छ । इनार, बोरिङ लगायतको पानीलाई सप्लाइ गरेर पानी शुद्धिकरण गर्ने मेसिन केन्ट हो । काठमाडौंको सुन्दरी जलमा खोलाको पानी आउँछ । खोलाको पानी र जमीन मुनि रहेको पानी फरक हुन्छ । खोलाबाट आउने पानी सफ्ट र नर्मल हुन्छ । खोलाबाट आएको पानीलाई टोटल डिजेल सोलिड (टिडीएस) लेभल काउण्ट गरिएको हुन्छ । पानीमा केमिकलहरु घुलेको हुन्छ । यस्तै, अशुद्ध पानीलाई शतप्रतिशत सफा र स्वस्थ बनाउने काम केन्टका मेसिनहरुले गर्छ ।

नेपाली बजारमा केन्ट कहिलेदेखि आएको हो ?

नेपाली बजारमा केन्ट १८/२० वर्षअघि आएको हो । चौधरी ग्रुपले केन्टको आयात सुरु गरेको ७ वर्ष भयो । यो भारतीय प्रशिद्ध ब्राण्ड हो । भारतबाट नेपालमा चौधरी ग्रुपले आयात गर्ने र बिक्री वितरण गर्ने काम गरिरहेको छ । नेपालमा सिजी ईओएलबाट केन्टका उत्पादित वस्तुहरु बिक्री वितरण भइरहेका छन् ।

बजारमा केन्टको ब्यापार कस्तो छ ?

पानी शुद्धिकरण गर्ने विभिन्न क्याटागोरीवाइज छन् । एउटा ब्राण्डेड कम्पनी र अर्काे लोकल नन–ब्राण्डेड कम्पनी रहेका छन् । ब्राण्डेड कम्पनीहरुमा पनि २÷३ वटा ब्राण्डहरु छन् । ब्राण्डमा मार्केट सेयरको हिसावले हामीले ९० प्रतिशत कभर गरिरहेका छौं । पानी शुद्धिकरण गर्ने मेसिन बिक्री वितरणको हिसावमा नेपाली बजारमा ६० प्रतिशत केन्टको छ । ब्राण्डका हिसावले ९० प्रतिशत केन्ट र १० प्रतिशत अन्य कम्पनी छन् । बिक्री वितरणमा ६० प्रतिशत केन्ट र बाँकी अन्य कम्पनी छन् ।

केटको उपस्थिति अहिलेसम्म कति जिल्लामा छ ?

पहिला हामीले कम जिल्लामा मात्रै बिक्री वितरण गरेका थियौं । बिक्री गर्ने कम्पनीले प्रडक्टका बारेमा सर्वसाधारणलाई बुझाउनु पर्ने देखिएको छ । सर्वसाधारणमा सचेतना कम छ । सर्वधासारणलाई पानी शुद्धिकरणका बारेमा जानकारी नै छैन । विस्तार विस्तारै ग्राहकले शुद्ध पानी र केन्टका प्रडक्टका बारेमा बुझ्दै हुनुहुन्छ । पूर्वका मुख्य सहरहरु विराटनगर, झापा, इटहरी, २ नम्बर प्रदेशका मुख्य सहरहरु, अन्य प्रदेशका पनि मुख्य–मुख्य सहरहरुमा केन्टका पानी शुद्धिकरण गर्ने मेसिनहरु उपलब्ध छन् । केन्टको मुख्य बजार भनेको सहरी क्षेत्र हो । पहाडी जिल्लाहरुमा भने बिक्री वितरण कम हुने गरेको छ । किनभने पहाडी जिल्लामा मुलको पानी बढी प्रयोग गर्छन । विस्तारै केन्टको पानी शुद्धिकरण गर्ने मेसिनलाई ग्रामीण भेगमा पनि पुर्याउने तयारी छ । अहिले हामीले ग्राभिटी वेसको प्रविधि ल्याएका छौं । गाउँमा पनि सबैको घर–घरमा जडान गर्न सकिन्छ ।

पानी शुद्धिकरण गर्ने मेसिनप्रति आम सर्वसाधारणको चासो कस्तो छ ?

जसले पानी शुसद्धकरण गरेर खानुपर्छ भन्ने बुझेको छ, उहाँहरुले खरिद गरिहनु भएको छ । उहाँहरुका लागि आवश्यक पनि छ । विदेश बसेका मान्छेहरु बाहिरतिर देखेको हुँदा उहाँहरुले किन्नु हुन्छ । उहाँहरुलाई बुझाउन समस्या छैन । नेपालमा सबैन्दा मुख्य समस्या भनेको सचेतना बढाउन पर्नेछ । पानी शुद्धिकरण सम्बन्धी सरकारी निकायबाट नै काम गर्न सकियो भने सहज हुने देखिन्छ । स्थानीय तहको सहयोग भयो भने पानी शुद्धिकरण गर्ने मेसिन बिक्री र ब्यापारभन्दा पनि सर्वसाधारण जनताहरुलाई शुद्ध पानी खुवाउनु पर्ने अधिकारको कुरा पनि हो । त्यसपछि मात्रै ब्यापार विजनेशमा फोकस गर्ने हो ।

सचेतना फैलाउन तपाईंहरुले केही कार्यक्रम गर्नु भएको छ ?

शुद्ध पानी पिउनु पर्छ भनेर विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छौं । भाटभटेनीमा काउण्टर राखेर जानकारी दिने गरिरहेका हुन्छौं । यस्तै, अनलाइन क्याम्पेन, धेरै कार्यक्रम वर्षभरि नै गरिरहेका हुन्छौं । बिक्री वितरणका लागि भएपनि घरघरमा गएर शुद्ध पानी पिउनुपर्छ भनिरहेका हुन्छौं । यस्तै, उहाँहरुको गाउँमा गएर पानी जाँच गराउने काम पनि हामीले गर्छाैं । जाँच गरेपछि त्यो पानीको लागि कुन मेसिन आवश्यक पर्छ भनेर जानकारी पनि दिने गरेका हुन्छौं ।

सर्वसाधारणले यो प्रडक्ट खरिद गर्नु पर्दा कतिसम्म लागत पर्छ ?

सबैभन्दा राम्रो फिल्टरको मूल्य २५/३० हजार रुपैयाँ छ । २५/३० हजार रुपैयाँ पर्ने पानी शुद्धिकरण मेसिनका लागि मानिसहरु धेरै सोच्नुहुन्छ । हामीले उहाँहरुलाई यो स्वास्थ्यसँग सम्बन्धित प्रडक्ट हो भनेर बुझाउनु परेको छ । ४÷५ जना एउटा परिवारलाई २५ हजार रुपैयाँ हिसाव गर्ने हो भने एक व्यक्तिलाई ५ हजार रुपैयाँ मात्रै पर्न जान्छ । यो खर्च भनेको वर्ष भरिको हुन्छ । पानी शुद्धिकरण मेसिनमा २५ हजार रुपैयाँ लगानी गरेर ‘माइन्ड सेट’ हुनु पर्याे की म शुद्ध पानी पिउँछु । मान्छेलाई २५ हजार रुपैयाँ भन्दा बढीको टिभी, मोबाइल खरिद गर्न केही समस्या छैन । तर, शुद्ध खानेपानीलाई भने हाम्रो पुर्खाले यहि पानी खाएर चल्यो भन्ने जस्ता कुरा पनि गर्नुहुन्छ । खरिद गर्दाखेरि म शुद्ध पानी पिउँछु भनेर माइन्डमा सेट गर्नुपर्छ ।

कर्पाेरेट हाउस, विद्यालय लगायत बढी भिडभाड हुने ठाउँमा केन्ट राख्न जोड दिनु भएको छ की छैन् ?

हामीले विद्यालय, कमर्सियल कर्पाेरेट हाउस, कर्पाेरेट संस्थालाई खरिद गर्न जोड दिएका छौं । हामीले डिलरहरुलाई बिक्री वितरण गर्ने काम गरिरहेका हुन्छौं ।डिलरहरुले भने यस्ता संस्थाहरुमा बिक्री वितरणका लागिसबै च्यानल मिलाएको हुन्छ । साथै, सिजीको बिटुबी सेल्सबाट पनि बिक्री वितरण भइरहेको छ ।

केन्टको वार्षिक कारोबार कति हुन्छ, कुन सिजनमा बढी बिक्री हुन्छ ?

हामीले केन्ट आरओ सिस्टमका वार्षिक १८ हजार पिस बिक्री गर्छाै । जाडो याममा अलि कम बिक्री हुन्छ । जाडो समयमा धेरै फरक नपरे पनि अलिक कम हुन्छ । थोरै कम मात्रै बिक्री हुने हो । गर्मी सिजनमा पानी बढी पिउने भएकाले बढि गर्मी याममा भने बढी बिक्री हुन्छ ।

दशैं तिहार लगायत चाडपर्वमा कस्ता अफरहरु ल्याउनु भएको छ ?

नेपालीहरुको महान पर्वको अवसर पारेर दशैं, तिहार, छठ पर्वमा एउटा केन्टको आरओ वाटर प्युरिफाइड किन्दाखेरि सिजि इलेक्ट्रिक १.८ लिटर दिने गरेका छौं । जसमा डेलिभरि, सर्भिसलगायतका सेवा निःशुल्क छ । एक वर्षसम्म सर्भिस पनि प्रोभाइड गरेका छौं । यस्तै, हामीले फिल्टरहरुमा एक वर्षको ग्यारेन्टी र अन्य सर्भिस पनि निशुल्क दिएका छौं ।

नेपाली बजारमा केन्टको प्रतिस्पर्धी को हो ?

नेपाली बजारमा लिभप्युोर कम्पनीका मेसिन पनि बिक्री वितरण भइरहेका छन् । लिभप्योरलाई हामीले केन्टको प्रतिस्पर्धी मानेका छैनौं । भारतमा ब्राण्ड, गुणस्तरियताको हिसावले लिभप्युोरको राम्रो बजार रहेको छ । तर, नेपाली बजारमा लिभप्युोर भन्दा केन्ट धेरै अगाडी छ । हामीले १८ सय पिस बिक्री गर्छाै भने उनीहरुले २/३ सय पिस मात्रै बिक्री गरिरहेका छन् । यसलाई प्रतिस्पर्धा भन्न नै मिल्दैन । प्रतिस्पर्धा हुनका लागि हामी बराबर जसले गर्न सक्छ, त्यो नै प्रतिस्पर्धा हो । प्रतिस्पर्धाका लागि नेपाली बजारमा केन्टसँग तुलना गर्ने कुनै ब्राण्ड छैन । ब्राण्डका लागि हामी बजारमा एकल हो ।

पानी शुद्धिकरण गर्ने मेसिनका लागि कति विद्युत आवश्यक पर्छ ?

मेसिनलाई सिधैं धारमा जोड्ने हो । धारामा जोडेपछि सात वटा चरणमा फिल्टर हुन्छ । शुद्ध पानी भएपछि स्टोरेज ट्यांकिमा जम्मा हुन्छ । यदि त्यो पानी एक सय प्रतिशत पिउन योग्य छैन भने पानी अटोमेटिक बन्द हुन्छ । ८ लिटरको स्टोरेज ट्यांकि हुन्छ । प्रतिघण्टा ६० वाट विद्युत खपत हुन्छ । यदि कहिलेकाँही लोडसेडिङ भयो भनेपनि ८ लिटरको स्टोरेज ट्यांकिमा पानी जम्मा हुन्छ । ८ लिटर पानी २५/३० मिनेटमा शुद्ध बनाउँछ । घरायसी प्रयोगका लागि प्रतिघण्टा २० लिटर पानी शुद्ध गर्छ । सरकारले खानेपानीमा कर लिँदैन । यसमा कर छुट दिएको छ ।अब गुणस्तरियतामा ध्यान दिनु पर्ने हुन्छ । बजारमायस्तै मोडलका सस्तो मूल्यमा अन्य मेसिन पनि पाइन्छन् । सस्तो प्रयोग गर्ने भन्दा पनि स्वास्थ्यसँग सम्वन्धित भएको हुनाले राम्रो क्वालिटीको प्रयोग गर्नुपर्छ ।

स्थानीय तहसँग समन्वय गरेर जाने हो भने सर्वसाधारणमा छिटो पुग्न सकिन्छ । नेपालको कतिपय ठाउँमा पानी नै नपाउने गाउँहरु छन् । त्यहाँ फिल्टरको कुरा त परको हो । जहाँ पानी प्रयाप्त छ त्यहाँको लागि स्थानीय तहले विद्यालय, कलेज, मन्टेस्वरी, सहकारी संस्था, अन्य अफिसमा यस्ता मेसिन प्रयोग गर्न सकिन्छ । केन्टका मेसिनहरुले १ सय प्रतिशत सुरक्षित, स्वस्थ र शुद्ध पानी दिन्छ । दशैं तिहारलाई लक्षित गरीएउटा आरोह किन्दा सिजीको १.८ लिटरको इलेक्ट्रिकल केटल दिइरहेका छौं । इलेक्ट्रिकल केटलको मूल्य १ हजार २० रुपैयाँ रहेको छ ।

यसपछि हामीले भेज प्यूरिफायरको बिक्री वितरण गर्ने तयारीमा छौं । यसलाई भेजिटेबल क्लिनर भन्छ ।त्यसको काम भनेको फलफूल, तरकारीमा भएको विषादी निकाल्ने हो । जस्तै,एउटा बकेटमा एक केजी स्याउ राख्यौ भने सबै केमिकलहरु फालेर स्वस्थ बनाउँछ । यस्तै, हावा शुद्धिकरण गर्ने मेसिन बिक्री वितरण गर्ने तयारीमा छौं । हावा अशुद्ध छ भने त्यसलाई शुद्ध गर्नका लागि यो मेसिन ल्याएका हौं । चिकित्सकहरुले रिफर गरेका मुटु रोगी, दमका विरामीलाई ल्याइएको हो । एउटा कोठामा धेरै पोलुसन हुन्छ । त्यो मेसिन कोठामा राख्यो भने पुरा सफा गरिदिन्छ । फोहोर हावा जति तान्छ,स्वच्छ हावालाई प्रवाह गर्छ । सेनिटाइजर डिस्पेन्सस भन्ने छ । त्यो पनि केन्ट ब्राण्डको रहेको छ । कोरोना लागेपछि सेनिटाइजर हालेर सेन्सरबाट हाथ थाम्यो भनेर अटोमेटिक आउँछ ।

सरकारी निकायहरुले के गर्दा तपाईंहरुलाई सहज हुन्छ ?

हरेक स्थानीय तहले शुद्ध पानी पिउनु पर्छ भनेर सचेतना फैलाए हुन्छ । केही प्रतिशत निजीकम्पनीले पनि गरिरहेका छन् । यसलाई अझै बढाउनु पर्ने छ । सरकारी क्षेत्रले पनि शुद्ध पानी पिउनु पर्छ भनेर बेलाबेला सचेतना फैलाउनु पर्ने जरुरी छ । शुद्ध पानीका लागि विभिन्न विकल्पहरु छन् । यहि ब्राण्डको मेसिन प्रयोग गर भन्न नसकेपनि अन्य ब्राण्ड प्रयोग गर्न सकिन्छ । अहिलेसम्म सरकारले पानी उमालेर मात्रै पिउने भनेको छ । अस्पतालमा गएपनि उमालेको पानी पिउनु भन्छ । पानी उमालेर खाँदा पानीमा भएको मिनिरल कम हुन्छ ।

यस्तै, पानीमा कलर हुन्छन् । जस्तै चिया उमाल्दा थोरै चियापत्ति हाल्दा पनि जति उमाल्यो त्यति धेरै गाडा हुँदै जान्छ । यो भनेको केमिकल हो । यसले तत्काल असर नगरेपनि दीर्घकालमा असर गर्छ । यसलाई सरकारी क्षेत्रबाट पानी उमालेर खानुभन्दा शुद्ध पानी पिऔं भनेर सचेतना दिनुपर्याे । पानीमा फिजिकल, केमिकल, माइक्रोबायोलिजकल हुने भएकाले शुद्ध पानी पिउनु पर्याे भनेर जानकारी दिनु पर्याे ।

आगामी दिनमा कसरी जाने योजना बनाउनु भएको छ ?

अहिले हाम्रो दशैं स्कीम चलिरहेको छ । दशैं स्कीमपछि एउटा स्कीम लन्च गर्ने तयारीमा छौं । हामीले कहिले काहीँ रोड सो, रिक्सा सो पनि गर्छाै । रिक्सालाई ब्राण्डिङ गरेर,सञ्चार माध्यममा पनि सूचना दिइरहेका छौं । अनलाइन क्याम्पेन त भारत र नेपाल दुवै ठाउँबाट भइरहेका छन् । दशैं तिहार सकिएपछि अन्य योजना ल्याउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.