साढे ४८ करोडमा खुम्चियो बुधबारको सेयर कारोबार

  २०७९ असोज १२ गते १५:४२     विकासन्युज

काठमाडौं । बुधबारको सेयर कारोबार साढे ४८ करोड रुपैयाँमा खुम्चिएको छ । मंगलबार ६६ करोड बढीको कारोबार भएको बजारमा बुधबार भने ४८ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ ।

कारोबार घटेपनि नेप्से परिसूचकमा भने सुधार देखिएको छ । बजारमा परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको छ ।

बुधबार सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ७५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएका छन् ।

त्यस्तै, बढी कारोबार हुनेको दोश्रोमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन २ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । हाइड्रोको सेयर ९.२० प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ ।

टप लुजरको अग्रस्थानमा ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ रहेको छ । जसको इकाई मूल्य १० प्रतिशतले घटेर प्रतिइकाई ९ रुपैयाँमा झरेको छ ।

बजारमा चार समूह बाहेक सबै समूह हरिया देखिएका छन् । फाइनान्स, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । माइक्रोफाइनान्स समूह भने सबैभन्दा बढी अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.