हाइवेमा दुई दिन फ्रि चेकअप क्याम्प गर्दै नेपाल ल्युब आयल

  २०७९ असोज १२ गते १५:२२     विकासन्युज

काठमाडौं । नेपाल ल्युब आयलले दशैंमा लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारी साधन फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले असोज १३ गतेदेखि देखि १५ सम्म फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको हो ।

कम्पनीले मलेखु, हेटौडा , कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशतसम्म छुट पनि दिने जनाएको छ ।

नेपाल ल्युब आयल नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.