ठमेल रेमिट एनपीएस प्रणालीमा : अब अमेरिकाबाट पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा पाइने

  २०७९ असोज १२ गते १४:१३     विकासन्युज

काठमाडाैं । ठमेल रेमिट नेपाल क्लियरिङ् हाउस (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ ।

याेसँगै अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ । एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिकाबाट पठाएको पैसा अब केहि सेकेन्डमै नेपालमा प्राप्त सकिनेछ ।

ठमेल रेमिटका सह-संस्थापक बालके जोशीले यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैरकार्डमा आधारित, बैंक-टू-बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बन्ने बताए ।

‘यस प्रकारको रियल टाईम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध छन्। अमेरिकामा भएका नेपालीहरुलाई अब अझै छिटो र चुस्त रुपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्नेछौं भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।

संयुक्त राज्य अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडीएको भएको यो पहिलो पटक भएकाे उनले बताए ।

अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछ ।

यस अन्तर्गत ठमेल रेमिटले एनसीएचएल, आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना ग्राहकका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

साथै, यस सहकार्यले ठमेल रेमिटलाई प्रत्यक्ष बैंक खातामा आधारित रेमिट्यान्सका लागि ५९ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको फराकिलो नेटवर्कमा पनि पहुँच प्रदान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.