विराटनगरको कञ्चनबारीमा साथीमार्टको ११३ औं आउटलेट

  २०७९ असोज १२ गते १०:०६     विकासन्युज

काठमाडौं । साथीमार्टको नयाँ आउटलेट विराटनगरको कञ्चनबारीमा खुलेको छ । कुल एक हजार स्क्वायरफिटमा फैलिएको उक्त आउटलेट बलराम केसीले सञ्चालनमा ल्याएका हुन् ।

आउटलेट सञ्चालनमा ल्याउनुको मुल उद्देश्य स्मार्ट सपिङ कल्चरलाई व्यवस्थित तरिकाबाट परिचालन गर्नु नै रहेको बलरामले बताए । आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध रहेको उनले जानकारी दिए ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको छ । एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझै व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.