दुई अर्ब बढीको आईपीओ ल्याउँदै तीन कम्पनी, कुनले कति ?

  २०७९ असोज ११ गते १६:५६     विकासन्युज

काठमाडौं । बजारमा दुई अर्ब रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आउने भएको छ । विभिन्न तीन कम्पनीले दुई अर्ब ११ करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् ।

आईपीओ निष्काशनको प्रकृया अघि बढाउनेमा मोदी इनर्जी, सोनापुर मिनरल्स एण्ड आयल र मेन्छियम हाइड्रोपावर रहेका छन् । यी तीनले अंकित मूल्य एक सय रुपैयाँ दरका २ करोड ११ लाख ७७ हजार ७५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । यी कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर सेयर निष्काशनको प्रकृया अघि बढाएका हुन् ।

जसमध्ये सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड आयलले ल्याउँदै छ । उत्पादनमूलक समूह अन्तर्गतको कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

त्यस्तै, मोदी इनर्जी पावरले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर जारी गर्दै छ । हाइड्रोपावर समूह अन्तर्गतको यो कम्पनीले सनराइज क्यापिटलमार्फत सो मात्राको सेयर निष्काशन तथा बिक्री गर्ने छ ।

यससँगै मेन्छियम हाइड्रोले पनि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गर्दै छ । बोर्डको स्वीकृति पाएपछि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.