भिडोल लुब्रिकेन्ट्सको विरगंजमा ‘इन्डष्ट्रियल मिट’ सम्पन्न

  २०७९ असोज ११ गते १५:४६     विकासन्युज

काठमाडौं । भिडोल लुब्रिकेन्ट्सको विरगंजमा ‘इन्डष्ट्रियल मिट’ सम्पन्न भएको छ । नेपालका उद्योगहरुलाई भिडोल लुब्रिकेन्ट्सको सहि प्रयोगको तरिकाहरु तथा त्यसबाट पाउन सकिने लाभहरुको बारेमा जानकारी गराउन उक्त सम्पन्न भएको हो ।

इन्डष्ट्रियल मिटमा ४० वटा भन्दा बढि उद्योगबाट १०० भन्दा बढि प्राविधिक, पर्चेज हेड तथा प्रबन्धकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा लुब्रिकेन्टको प्रविधि बारेमा जानकारी गराइएको थियो ।

टाईड वाटर आयल कम्पनी, लुब्रिकेन्टसहरुको बजारमा प्रख्यात नाम हो । अटोमोटिभ तथा ईन्डस्ट्रीयल बजारहरुमा टाईड वाटर आयलले आफ्ना उत्पादनहरु सप्लाई गरिरहेको छ । टाईड वाटर आयलले आफ्ना उत्पादनहरु भिडोल लुब्रिकेन्टस्को ब्राण्ड अन्तर्गत बजारीकरण गर्दै आएको हो ।

यसको रजिस्टर्ड कार्यालय कोलकतामा छ । यस कम्पनीका भिडोल ब्रान्डेड प्रोडक्टहरु हाल ७० भन्दा बढी देशहरुमा बिक्री वितरण भइरहेको छ । भिडोल लुब्रिकेन्ट्सको नेपालको लागि आधिकारिक वितरक भिजी ल्युब हो । भिजी ल्युबले सन् २०१६ जुलाई देखि नेपालमा भिडोल लुब्रिकेन्टसलाई प्रतिनिधित्व गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.