दशैंमा पेट्रोल/डिजेलको मूल्य घटाएर उपभोक्तालाई राहत दिने तयारीमा सरकार

  २०७९ असोज १० गते १९:२८     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटेपछि नेपाल आयल निगम पनि पेट्रोल डिजेलेको मूल्य घटाउनमा सकारात्मक देखिएको छ । यसअघि निरन्तर मूल्य बढाउँदै र यथावत राख्दै आएको निगत यस पटक भने मूल्य घटाउनमा सकारात्मक देखिएको हो ।

यस पटक पनि भारतले मूल्य घटाएर पठाउने निश्चित छ । भारतले मूल्य घटाएर पठाएको अवस्थामा नेपालमा पनि पेट्रोल र। डिजेलको मूल्य घटाउनमा सकारात्मक हुने अवस्था रहेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

‘असोज १६ गते इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य पठाउँछ, अन्तर्राष्ट्रिय बजारमा मूल्य मूल्य घट्दो क्रममा छ, भारतबाट घटेर आएमा हामी पनि घटाउन तयार हुन्छौं,’ उनले भने ।

उनले आईओसीले पठाउने मूल्यसूचीका आधारमा नेपालमा मूल्य तोक्ने बताए । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ । निगमका अनुसार हाल मासिक दिनको १८ करोड रुपैयाँ अझैँ पेट्रोलमा नोक्सानमा छ ।

यसअघि सेप्टेम्बर १६ मा आईओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ६.५५ रुपैयाँ तथा डिजेलमा ४२ पैसाले मूल्य घटेर आए तापनि निगमले समायोजन गरेको थिएन। यसअघि आईओसीलाई बक्यौता तिर्न नसक्ने अवस्था आएपछि निगमले सरकारसँग सात अर्ब र राष्ट्रिय वाणिज्य ब्याङ्कसँग ३ अर्ब रुपैयाँ ऋण लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.