नाडा इभी एक्स्पोमा सबैभन्दा बढी टाटाको नेक्सन बुकिङ, कुन ब्राण्डका कति बुकिङ ?

  २०७९ असोज १० गते ९:४५     विकासन्युज

काठमाडौं । नेपालमै पहिलोपटक भएको विद्युतिय सवारी एक्स्पो ‘नाडा इभी एकस्पो’ मा सबैभन्दा बढी टाटाको नेक्सन इभी बुकिङ भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजना काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको उक्त एकस्पोमा १३० वटा टाटाको नेक्सन इभी बुकिङ भएको हो ।

एक्स्पोमा हुन्डाईको कोना ५६ वटा, बिवाइडीको ई-६ ५० वटा, डुहानको ३० वटा, हुन्डाईकै आयोनिक-५ मोडल ३ वटा र दी गोको १० वटा पिकअप बुकिङ भएको छ ।

यस्तै, दुई पाँग्रे सवारी साधनमा सेग्वेको ५० वटा, हिरो इलेक्ट्रिकको ४० वटा, एनआइयुको २८ वटा, पेयोर स्कुटरको १२ वटा, टेल्जीको ८ वटा, रेमोटोर्स स्कुटरको ७ वटा र ब्लु शार्कको ३ वटा बुकिङ भएको छ । ४ दिन संचालन भएको उक्त एक्सपो आइतबार समापन भएको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको गरेको हो ।

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुब थापाले  अपेक्षा गरेको भन्दा धेरै अवलोकनकर्ताहरु अवलोकन गर्न आएको बताए । उनले विद्युतीय सवारी साधनप्रति सर्वसाधारणको चासोले आफुहरु खुसी भएको बताए । उनले सवारी साधनको खरिद बिक्री र बुकिङ पनि सोचेभन्दा बढी भएको बताए ।

‘सबैले विद्युतीय गाडीलाई बुझ्न चाहिरहनु भएको छ, खरिद पनि गरिरहनु भएको छ भने बुकिङ पनि भइरहेको छ, अहिले सप्लाई दिन नसक्ने अवस्था छ, सप्लाई दिन नसकेकाहरुले बुकिङ गरिरहनु भएको छ, अहिले बुकिङ गरेर उनीहरुले केही दिनपछि सप्लाई गर्नु हुन्छ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.