अब डीएचआई टिभी ४२ हजारमै हेर्न सकिने, डिशहोम फाइबरनेटले ल्यायो ‘खुशीको साथी’

  २०७९ असोज ९ गते १५:५६     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ योजना ुखुशीको साथीु सार्वजनिक गरेको छ । योअन्तर्गत ग्राहकहरुले मात्र ४१ हजार ७३९ रूपैयाँमा डीएचआई स्मार्ट टिभी, ५जी ड्युल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सबस्क्रिप्सन पाउने छन् ।

साथै, ग्राहकले डिशहोम आईटीभीको एक वर्षको सबस्क्रिप्सन पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिँदै ग्राहकहरुको मन जितिरहेको छ । त्यस्तै, आईटीभीमा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् ।

खुशीको साथी अन्तर्गतको उत्कृष्ट डीएचआई स्मार्ट टिभीमा ग्राहकले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्नेछन् । परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि डीएचआई स्मार्ट टिभीसहित यो योजना ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.