१८१५ बिन्दुमा झर्यो नेप्से, लक्ष्मीको सर्वाधिक कारोबार, अभियानमा लाग्यो सकारात्मक सर्किट

  २०७९ असोज ९ गते १५:३५     विकासन्युज

काठमाडौं । निरन्तर घटिरहेको नेप्से परिसूचक १८१५ बिन्दुभन्दा तल झरेको छ । आइतबारको बजारमा परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.३० प्रतिशतले घटी हो ।

बजारमा कारोबार रकम भने बढेको छ । गत बिहीबारको तुलनामा आइतबारको कारोबार बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । जबकी बिहीबारको कूल कारोबार ६५ करोड ५७ लाख रुपैयाँमा सीमित थियो ।

कारोबारमा आएका कम्पनीमध्ये लक्ष्मी बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन २६ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा नबिल बैंक रहेको छ । आइतबार नबिलको ४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा लक्ष्मी बैंकको सेयर मूल्य बढेको छ भने नबिल बैंकको घटेको छ । लक्ष्मीको ५ रुपैयाँले बढेर प्रतिकित्ता १९३ रुपैयाँ र नबिलको ६.१० रुपैयाँले घटेर प्रतिकित्ता ७५२ रुपैयाँमा किनबेच भएको छ ।

घटेको बजारमा पनि अभियान लघुवित्तको भने सेयर मूल्य १० प्रतिशतले बढेको छ । दोश्रो बजारमा पहिलो कारोबार भएको दिन लघुवित्तको सेयरमा सर्किट लागेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ । जुन सुरुवाती मूल्यको तुलनामा प्रतिकित्ता ३१.६० रुपैयाँले बढी हो ।

आइतबार तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेर प्रतिकित्ता ३५२ रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३०.२० रुपैयाँले घटी हो ।

यता कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये उत्पादनमूलक समूह सबैभन्दा बढी अर्थात ८४.४ अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.