विश्वको सबैभन्दा सस्तो विद्युतीय गाडी नेपालमा पाइन्छ, अब ईभीको विकल्प छैन : अध्यक्ष थापा

  २०७९ असोज ९ गते १५:०६     विकासन्युज

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अहिले काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी अटो शो गरिरहेको छ । गत बिहीबारदेखि सुरु भएको नाडा ईभी एक्स्पो आइतबार सकिँदैछ । नाडा ईभी अटो एक्स्पो नेपालमा पहिलो पटक भएको हो । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समयमा आयोजना गरिएको नाडा ईभी अटो एक्स्पोको विषमा हामीले नाडाका अध्यक्ष ध्रुव थापासँग कुराकानी गरेका छौं । उहाँसँग हामीले विशेष गरेर नाडा ईभी अटो शो, अवलोकनकर्ताहरुको विद्युतीय सवारीप्रतिको दृष्टिकोण र समग्र विद्युतीय सवारी साधनको विषयमा कुराकानी गरेका छौं , प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश

चार दिनसम्म चलेको नाडा ईभी अटो शो आज सकिँदैछ, यो अवधिमा अवलोकनकर्ताको धारणा र मनसाय कस्तो पाउनु भयो ?

हामीले नाडा ईभी अटो शो गर्दा जुन खालको अपेक्षा गरेका थियौं, विद्युतीय गाडीप्रति आम जनमानसको बुझाइ धेरै र सकारात्मक पायौं । हामीले अपेक्षा गरेको भन्दा धेरै अवलोकनकर्ताहरु अवलोकन गर्न आउनु भएको छ । सबैले विद्युतीय सवारी साधनप्रति चासो र इच्छा देखाइरहनु भएको छ । विद्युतीय सवारीप्रति आकर्षण बढ्दो छ । आशा छ आगामी दिनमा नेपालमा विद्युतीय सवारी साधनको भविश्य उज्वल छ ।

नाडाले ४० हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको थियो, कतिले अवलोकन गरे ?

आजको विवरण आउन बाँकी छ । हामीले काटेको टिकट, वितरण गरेको पासका आधारमा शनिबारसम्म २५ हजार जनाले अवलोकन गर्नु भएको छ । आइतबारसहित हाम्रो लक्ष्य भेटिन्छ । स्टल राखेका कम्पनीहरु पनि खुसी हुनुहुन्छ । ग्राहकहरुले जुन किसिमको चासो विद्युतीय गाडीप्रति देखाउनु भएको छ । कम्पनीहरु खुसी हुनुहुन्छ ।

विद्युतीय गाडीप्रति सर्वसाधारणको दृष्टिकोण कस्तो पाउनु भयो ?

सबैले विद्युतीय गाडीलाई बुझ्न चाहिरहनु भएको छ । खरिद पनि गरिरहनु भएको छ भने बुकिङ पनि भइरहेको छ । अहिले सप्लाई दिन नसक्ने अवस्था छ । सप्लाई दिन नसकेकाहरुले बुकिङ गरिरहनु भएको छ । अहिले बुकिङ गरेर उनीहरुले केही दिनपछि सप्लाई गर्नु हुनछ ।

नाडा अटो शोमार्फत् के कति विद्युतीय सवारी साधन खरिद बिक्री भए, के कति बुकिङ भए ?

अहिलेसम्म यकिन तथ्यांक आउन सकेको छैन । आज साँझसम्म त्यो तथ्यांक आउला । हामीले मूल्यांकन गरे अनुसार खरिद बिक्री पनि राम्रै भइरहेको छ । बुकिङ पनि राम्रो भएको हाम्रो बुझाइ छ । तथ्यांक नआउँदासम्म यति नै भयो भन्ने अवस्था भने अहिले छैन ।

नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधन महँगो भए भन्ने गुनासो सर्वसाधारणको छ नी ?

होइन, अन्य देशको तुलनामा नेपालमा विद्युतीय सवारी साधन धेरै सस्तो छ । संसारका जुनसुकै देशमा पनि ईभी महँगो छ । तर, नेपालमा ड्युटी अलिकति कम भएको कारण सस्तो छ । अन्य देशमा तीन वटा पेट्रोलियम बराबर एउटा ईभी आउँछ । तर, नेपालमा सस्तो नै हो । अब सबैले इभी प्रयोग गर्न आवश्यक छ । सरकारले यसमा अझ कुनै सहुलियत र ड्युटी कम गर्यो भने अझै सस्तो हुन्छ । विश्वका सबै देशहरु ईभीमा कन्भर्ट भइरहेका छन् । नेपालमा पनि यसको विकल्प छैन ।

नाडा ईभी अटो शोका लागि सरकारको तर्फबाट के कस्तो सहयोग मिल्यो ?

हामीलाई सबै क्षेत्रबाट सहयोग मिलेको छ । सरकारको पनि इभीलाई प्रमोट गर्नु पर्छ भन्ने धारणा छ । सरकारले पनि यसलाई प्राथमकताका साथ काम पनि गरिरहेको छ । यो एक्स्पोमो उद्घाटन नै अर्थमन्त्रील गर्नुभयो । वातावरणमन्त्री हिजो मात्रै अवलोकनमा आउनु भयो । यसले पनि सरकारले विद्युतीय सवारी साधनलाई धेरै प्राथमिकतामा राखेको छ भन्ने बुझिन्छ । सरकार र अन्य क्षेत्रबाट पनि हामीलाई राम्रो साथ मिलेको छ ।

नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउनका लागि सरकारले के गर्न आवश्यक छ ?

सरकारले अझै विद्युतीय सवारी साधनमा प्राथमिकता दिनु पर्ने आवश्यकता छ । नीति बनाउँदा दीर्घकालिन नीति बनाउनु पर्छ । अझै ५÷७ वर्ष इभीको ड्युटी कम गर्नु पर्छ । सहज नीतिगत व्यवस्था गरेर काम गर्न सकिन्छ । तब मात्रै हामीले लिएका नीतिहरुले सार्थकता पाउँछन् । इभीलाई अगाडि बढाउन सकिन्छ । नेपालमा विद्युतीय सवारी सञ्चालन गर्न सहज छ । अझ उत्पादनमा समेत सहज रहेको छ । उत्पादन गर्ने भए त्यही अनुसारको सहुलियत दिएर नीति सरकारले बनाउनु प¥यो । भारत, चीन लगायतका देशमा विद्युत सवारी साधन उत्पादकलाई सहुलियत दिएका छन् । त्यो खालको नीति नेपालले पनि बनाओस् ।

अब इभीको बजार आइसकेपछि पेट्रोलियम पदार्थका सवारी बिक्री गर्ने कम्पनी त टाट पल्टिने भए नी ?

त्यस्तो हुँदैन । समयले नै स्वतः कन्र्भट गर्छ । अहिले जुन–जुनको पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन छ, उहाँहरुले ईभी पनि बिक्री गर्नु हुन्छ । अझै उहाँहरु बजार विस्तारमा लाग्नु भएको छ । हामीले यसलाई बिस्तारै परिर्वतन गर्नुपर्छ । यसमा अटो व्यवसायीहरु पनि सकारात्मक छौं । नेपालको लागि विद्युतीय सवारी साधन अति–आवश्यक हो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुस् 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.