निफ्रा बैंकको सेयर मूल्य हालसम्म कै सस्तो

  २०७९ असोज ९ गते १३:४४     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको सेयर मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । बैंकको सेयर मूल्य हालसम्म कै सस्तो भएको हो । पूँजी बजार निरन्तर ओरलो लागेसँगै बैंकको सेयरको भाउ पनि हालसम्म कै सस्तो मूल्यमा झरेको हो ।

आइतबार १.१० बजेसम्मको सेयर कारोबारमा बैंकको सेयर मूल्य ६.९१ प्रतिशत अर्थात् प्रतिकित्ता १३.८० रुपैयाँ घटेर १८६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको १ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ ।

बैंकको सेयर २०७७ फागुन २ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो । प्रतिकित्ता ३४० रुपैयाँमा पहिलो कारोबार भएको बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकको सेयर मूल्य निरन्तर घट्दै सस्तो मूल्यमा झरेको हो ।

बैंकले मात्र गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट चुक्ता पूँजीको ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि बैंकले आव २०७७÷०७८ मा सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकको संस्थापक समूहको १२ करोड ९६ लाख कित्ता सेयर र सर्वसाधारण समूहको ८ करोड ६४ लाख कित्ता सेयर स्वामित्व रहेको छ । बैंकको सेयर मूलय सुरुवातमा प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेपनि हाल भने न्यूनतम मूल्यमा पुगेको हो ।

बैंकको सेयर मूल्य सस्तो भएकाले खरिद गर्नको संख्या पनि बढी रहेको छ । पछिल्लो विवरण अनुसार १ लाख २२ हजार ८१८ कित्ता खरिद गर्ने रहेका छन् भने १२ लाख ४५४ कित्ता सेयर बिक्रीमा राखिएको छ ।

कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गरिरहेको छ । बैंकको आम्दानीको मुख्य स्रोत भनेको संकलन गरेको निक्षेपको ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.