अधिकतम मूल्यबाट सुरु भयो अभियान लघुवित्तको कारोबार, कतिमा भयो ?

  २०७९ असोज ९ गते ११:५६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अभियान लघुवित्तको पहिलो पटक सेयर कारोबार भएको छ । आइतबार नेप्सेको स्पेसल प्रिओपनिङ सेसनमा लघुवित्तको सेयर कारोबार अधिकतम मूल्यबाट कारोबार भएको हो ।

लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ३१६ रुपैयाँमा कारोबार भएको हो । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । सोही अनुसार लघुवित्तको पहिलो कारोबार अधिकतम मूलयबाट सुरु भएको हो ।

लघुवित्तको दोश्रो बजारमा कारोबारका लागि एभिवाइएएन सिम्बोल प्रदान गरेको छ । लघुवित्तको २५ लाख कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.