नेप्सेमा १२ कम्पनीको पौने ७ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

  २०७९ असोज ७ गते १९:१७     विकासन्युज

काठमाडौं । साउन एक गतेदेखि हालसम्म विभिन्न कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । गत साउन १ गतेदेखि हालसम्म विभिन्न १२ कम्पनीको ६ करोड ७६ लाख २९ हजार ६०७ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यी कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गरेका थिए । तर, नेप्सेमा भने ढिला सूचीकृतभएका हुन् ।

नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस सेयर वापतको ४ लाख ८४ हजार ४१२.६० कित्ता बोसन सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ८ प्रतिशत बोनस सेयर वापतको १ करोड ४९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद गरी कूल ८.४२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनस सेयर वापतको ८ लाख १० हजार ३१०.२० कित्ता सेयर बोनस नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ११ प्रतिशत बोनस सेयर वापतको १३ लाख ६६ हजार ५७२.४२ प्रतिशत कित्ता सेयर बोनस नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस सेयर वापतको ९ लाख कित्ता सेयर बोनस नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, गरिमा विकास बैंकको १६ प्रतिशत बोनस सेयर वापतको ६३ लाख १७ हजार ९२.९६८१ कित्ता सेयर बोनस नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यस्तै, एनएमबि लघुवित्तले २१.५० प्रतिशत बोनस सेयर वापतको ११ लाख ६० हजार ५८०.३७३८ कित्ता सेयर बोनस नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.५० प्रतिशत बोनस सेयर र १.१३ प्रतिशत नगद गरी कूल २२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीको २० प्रतिशत बोनस सेयर वापतको २२ लाख २२ हजार ७१५ कित्ता सेयर बोनस नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी (एनटिसी) को २० प्रतिशत बोनस सेयर वापतको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस सेयर वापतको २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद गरी कूल २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ९.५ प्रतिशत बोनस सेयर वापतको ११ लाख ३८ हजार ९४५.५ कित्ता सेयर बोनस नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस सेयर वापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.