एक अर्काका कर्मचारीलाई काममा नराख्ने अडानी र अम्बानीबीच सम्झौता

  २०७९ असोज ७ गते १८:४९     विकासन्युज

काठमाडौं । भारतका अर्बपतिहरु गौतम अडानी र मुकेश अम्बानीबीच ठूलो सम्झौता भएको छ । गौतम अडानीको नेतृत्वमा रहेको अदानी समूह र मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजले एकअर्काका कर्मचारीलाई काममा नराख्ने सम्झौता गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार यी दुवै कम्पनीहरू बीच नो–पोचिङ प्याक्ट यस वर्षको मेदेखि लागू भएको छ । यो उनीहरूको सबै समूहका कम्पनीहरूमा लागू हुने बताइएको छ। यद्यपि, अडानी समूह र रिलायन्स इन्डस्ट्रीज दुवैले प्रतिवेदनमा गरिएका दाबीहरूबारे कुनै टिप्पणी वा पुष्टि गरेका छैनन् ।

यो नियम लागू भएपछि दुवै समूहले एकअर्काको कर्मचारीलाई आफ्नो कम्पनीमा काम लगाउन पाउने छैनन् । यी दुई समूहको सबै क्षेत्रहरूमा उपस्थिति छ र केही क्षेत्रमा ठूलो प्रतिस्पर्धीका रुपमा रहेका छन् । त्यसैले पनि एकअर्काका कर्मचारी नलिने सम्झौता गरेका हुन् ।

अडानी समूह पावर, बन्दरगाह, एयरपोर्ट, नवीकरणीय ऊर्जा र सौर्य ऊर्जा क्षेत्रहरूमा फस्टाइरहेको कम्पनी हो र हालै पेट्रोकेमिकल्स क्षेत्रमा प्रवेश गरेको छ, जहाँ रिलायन्स इन्डस्ट्रीज पहिले देखि नै शीर्ष कम्पनीको रुपमा काम गरिहरेको छ ।

टेलिकममा पनि दुवै कम्पनी एकअर्काको प्रतिस्पर्धी छन् । यति मात्र होइन, भर्खरै सम्पन्न फाइभजी लिलामीमा विश्वको तेस्रो ठूलो मोबाइल नेटवर्क अपरेटर रिलायन्स जियो इन्फोकम सबैभन्दा ठूलो कम्पनीको रूपमा उभिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.