नेपाल ल्युव आयलले १० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने

  २०७९ असोज ७ गते १७:५४     विकासन्युज

काठमाडौं । नेपाल ल्युव आयलले चुक्ता पूँजी वृद्धि गर्ने भएको छ । कम्पनीको अधिकृत एवंम जारी पूँजी ५ करोड रुपैयाँ थप गरी १० करोड रुपैयाँ पुर्याउने भएको हो ।

कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न र लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले असोज २८ गते बिहान ११ः३० बजे याक प्यालेस, पुल्चोक ललितपुरमा ३१ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको साधारण सभा तथा लाभांश प्रयोजनार्थ असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १३ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.