अभियान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग ?

  २०७९ असोज ७ गते १७:४०     विकासन्युज

काठमाडौं । अभियान लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको आईपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्त र नेप्सेबीच शुक्रबार २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । लघुवित्तको संस्थापक सेयरधनीहरुको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) को गरी कूल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ । साथै, नेप्सेले लघुवित्तलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतम प्रतिकित्ता ३१६.०८ रुपैयाँ तोकेको छ । लघुवित्तको सेयर आइतबारदेखि कारोबारमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.