कम्तिमा ८ जना कर्मचारी र चुक्ता पूँजी १ करोड रुपैयाँ भएको कम्पनीलाई नेप्सेले तथ्याङ्क बिक्री गर्ने

  २०७९ असोज ७ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथ्याङ्कलाई बिक्री गर्न पाउने कार्यविधि सार्वजनिक भएको छ । कार्यविधि तयार भएसँगै नेप्सेलाई तथ्याङ्क बिक्री गरेर आम्दानी गर्ने बाटो पनि खुलेको छ ।

यसअघि लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ (एपीआई पोलिसी)लाई स्वीकृत गरेको थिएन । सेबोनले स्वीकृत गरेसँगै नेप्सेलाई आफ्नो तथ्यांक बिक्री गर्न बाटो खुला भएको हो ।

साथै, नेप्सले आफूसँग भएको तथ्याङ्कको शुल्क समेत निर्धारण गरेको छ । नेप्सले बैंक तथा वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा विश्लेषक कम्पनीको प्रयोगका निम्ति न्यूनतम चुक्ता पूँजी ५ करोड रुपैयाँ भएको, विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्तिमा १५ जना कर्मचारी भएको कम्पनीलाई मात्रै तथ्याङ्क बिक्री गर्ने भएको छ ।

यस्तै, तथ्याङ्क वितरक कम्पनी, वित्तीय औजार विकासकर्ता कम्पनी आदिको व्यापारिक तथा पुनवितरण प्रयोजनका लागि न्यूनतम चुक्ता पूँजी १ करोड रुपैयाँ, विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्तिमा ८ जना कर्मचारी भएको कम्पनीलाई मात्रै बिक्री गर्ने जनाएको छ ।

यस्तै, सञ्चार माध्यमहरुको समाचार प्रयोजनका लागि न्यूनतम चुक्ता पूँजी ५० लाख रुपैयाँ, विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्तिमा १० जना कर्मचारी भएको सञ्चार माध्यमलाई मात्रै तथ्याङ्क बिक्री गर्ने भएको छ ।

यस्तै, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग (विश्वविद्यालय, कलेज, गैर नाफामुलक अनुसन्धानात्मक संस्थाहरु आदिको लागि), तथ्यांक प्रयोगकर्ता विदेशी कम्पनीलाई तथ्याङ्क बिक्री गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । नेप्सेले फरक फरक संस्थाहरुका लागि फरक फरक शुल्क निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.