प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकले ५१ लाख कित्ता सेयर बिक्री गर्दै

  २०७९ असोज ७ गते १६:५५     विकासन्युज

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने छन् । बैंकको सो संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक सेयरधनीले बढाबढ मूल्यमा आवेदन दिनुपर्ने छ । बैंकको सेयरमा न्यूनतम १० लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.