नेप्सेमा एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत

  २०७९ असोज ७ गते १६:४५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नमक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

वार्षिक १०.५० प्रतिशत ब्याजदर र ६ वर्ष अवधि भएको बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सले जनाएको छ ।

बैंकले साउन १८ गतेदेखि भदौ १ गतेसम्म ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.