बोटको दुई नयाँ स्मार्टवाच छिट्टै नेपाली बजारमा

  २०७९ असोज ७ गते १३:२७     विकासन्युज

काठमाडौं । इम्याजिन मार्केटिङले भारतको नम्बर एक वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड) ‘बोट’ चाँडै नेपाली बजारमा ल्याउने जनाएको छ । कम्पनीले बोटअन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै नेपाली बजारमा ल्याउने जनाएको हो ।

नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको उल्लेख गरेको छ ।

स्क्वायर डायल भएको वेभ प्राे ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यसकाे डिस्प्लेले गुणस्तरिय पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्यकाे अनुभव प्रदान गर्दछ । यसको नवीनतम बाेट चार्ज एस्यपले टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअपले मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्दछ ।

वेभ प्राे ४७मा भएको आइिप६७ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध वेभ प्राे ४७ को मूल्य ६ हजार ४९९ रुपैयाँ रहेको छ ।

कम्पनीले बोटको सबैभन्दा नयाँ संस्करणको दयब्ल ह्तभलम कउयचत स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७००+ सक्रिय मोडहरू रहेका छन् जसले तपाईंको निद्राको गतिविधिदेखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्रयाक गर्दछ ।

छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९ एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १००+ फेस अप्सन छन् जसले तपाईंको भाइबलाई तपाईंको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । एक्सटेन्ड स्पाेर्ट नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ रूपैयाँ मूल्यमा उपलब्ध छ।

यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड- रकर्ज ३३० र रकर्ज ईछछ पंाे प्लस पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै दयल सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध छन् । बजारमा यसको मूल्य ३ हजार ३९९रूपैयाँदेखि ३ हजार ४९९ रूपैयाँ रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.