बाल्ट्राको सामान किन्दा ५ जनालाई एक-एक तोला सुन

  २०७९ असोज ६ गते १७:३९     विकासन्युज

काठमाडौं । चाडपर्वको मौसममा ग्राहक वर्गलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ ।

यस अफर अन्तर्गत बाल्ट्राको कुनै पनि प्रडक्टस किन्दा लक्की ड्र मार्फत, हरेक हप्ता पाँच जनाले इन्डक्सन कुकटप, प्रेसर कुकर र कढाईसहितकाे इन्डक्सन कुकिङ्ग सेट पाउनेछन् ।साथसाथै, बम्परमा पाँच जनाले १—१ तोला सुन जित्न सक्नेछन् ।

कम्पनीकाे अनुसार नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राको जुनसुकै प्रडक्टस खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

सहभागी हुनको लागि बाल्ट्रा <BALTRA><BBB><VAT/PAN BILL NO.><NAMEOFBUYER> गरी ३१००७ मा एसएमएस गर्नुपर्ने हुन्छ ।

उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्ने छ । साथै, उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्ने छ । यस उपहार योजना भाद्र २८ देखि कार्तिक १४ गतेसम्मको लागि मात्र लागू गरिएको कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X