नेप्से परिसूचक ९.८४ अंकले गिरावट, नबिल बैंकको सबैभन्दा बढी कारोबार

  २०७९ असोज ६ गते १६:११     विकासन्युज

काठमाडौं । बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएको २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ७२ करोड बराबरको कारोबार भएको थियो ।

बिहीबार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्से परिसूचक घटे पनि बिहीबार सामलिङ्ग पावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत र वरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ । तर यता विन्द्यवासिनी हाइड्रोपावरको सेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.