‘नाडा ईभी एक्सपो’बाट हिरो इलेक्ट्रिक स्कुटर बुकिङ गर्नेलाई २५ हजार छुटका साथै आकर्षक गिफ्ट

  २०७९ असोज ६ गते १४:१५     विकासन्युज

काठमाडौं । लक्ष्मी ई. मोबिलिटीले नाडा ईभी एक्सपोमा स्टल नं सिसेभेनमा बुकिङ्ग गरी स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ ।

कम्पनीले आज (बिहीबार) बाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा इभी एक्सपोबाट हिरो इलेक्ट्रिक स्कुटर बुकिङ्ग गर्नेलाई २५ हजार नगद छुट र एकजनालाई लक्की ड्र मार्फत जर्मन ब्राण्ड बोस वासिंग मेसिन प्रदान गर्ने भएको हो ।

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई। मोविलिटी (लक्ष्मी ग्रुपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ ।

नेपाली बजारमा हिरोको एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । भारतमा भने हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् ।

एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि राम्रो बजार लिइरहेको कम्पनी बताउँछ ।

एक दशकभन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई। मोविलिटीले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिँदैछ ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.