अग्नि ग्रुपले नाडा इभी एक्सपोमा महिन्द्राका नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने

  २०७९ असोज ५ गते १८:०६     विकासन्युज

काठमाडौं । अग्नि ग्रुपले नाडा इभी एक्सपोमा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने भएकाे छ ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको नाडा इभी एक्स्पाेमा महिन्द्राको ट्रीयो झोर नेपाली बजारमा सार्वजनिक गर्ने भएकाे हाे ।

ट्रीयो झोर नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप हो जुन कार्गो डेलिभरीलाई प्रयाेग गर्न सकिन्छ । महिन्द्रा ट्रीयो झोर ३ भेरियन्टमा उपलब्ध छ ।

यस पटकको नाडा इ.भि अटो एक्सपो २०२२ मा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउने छन् । कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारी साधनहरुमा स्क्र्याच कार्ड मार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखेको छ ।

यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र पिकअप खरिद गर्नेका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.