एप्पलले सेप्टेम्बर ७ मा लञ्च गरेको आइफोन १४ प्रो म्याक्स कस्तो छ ?

  २०७९ असोज ५ गते १७:०४     विकासन्युज

एजेन्सी । एप्पलले सेप्टेम्बर ७ मा आईफोन १४ सिरिज लन्च गरेको छ । एप्पल आइफोन १४ सिरिजअन्तर्गत आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स लन्च गरिएको छ । आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स हाइ(एन्ड फोनहरूको युगमा प्रस्तुत गरिएको छ।

आइफोन १४ प्रो म्याक्स को प्रारम्भिक मूल्य २ लाख २३ हजार ८ सय ४० राखिएको छ । आईफोन १४ प्रो म्याक्सलाई डायनामिक आइल्याण्ड अर्थात् पिल शेप होल पंच कटआउटको साथ ल्याइएको छ।

आइफोन १४ प्रो म्याक्समा ६.७ इन्चको सुपर रेटिना एक्स डि आर ओलेड डिस्प्ले राखिएको छ । जसको २७९६१२९० पिक्सेलको रिसोलुसन र १२० हर्जको प्रो–मोसन प्रविधिको रिफ्रेस रेट रहेको छ ।

आइफोन प्रो म्याक्सको नयाँ चिपसेट ए१६ बायोनिक मार्फत सुसस्ज्जित गरिएको छ भने यसमा ६ कोर सीपीयु ( २ पर्फमेन्स र ४ एफीसीएन्सी कोर) रहेको हुन्छ । त्यस्तै फोनको प्रोसेसरमा ५ कोर ग्राफिक्स पनि जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.