विद्युतीय गाडी बारे तीन दिने सेमिनार ‘नाडा इभि चौतारी’ हुँदैं

  २०७९ असोज ५ गते १२:३१     विकासन्युज

काठमाडाैं । नेपालमै पहिलाेपटक असाेज ६ गतेदेखि ९ गतेसम्म भृकुटी मण्डपमा हुन गइरहेको ‘नाडा इभि एक्स्पो’ मा नाडा इभी चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा नेपालमै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर एक्स्पो चलिरहेको समयमा नै असाेज ७ गते देखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजे देखि ४ बजेसम्म युएसऐडको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको हाे ।

तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका विद्युतीय गाडीकाे सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने बताइएकाे छ ।

इभि चौतारीको पहिलो दिन इभीकाे टेक्नोलोजी र इकोसिस्टमको बारेमा छलफल हुनेछ भने दोस्रो दिन विद्युतीय गाडीकाे वित्तिय पक्षको बारेमा विभिन्न विज्ञहरु ले आ–आफ्नो धारणा राख्नेछन् र अन्तिम दिन विद्युतीय गाडीकाे प्रबन्ध गर्न चाहिने नीतिकाे विषयमा छलफल हुने बताइएकाे छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाड्ने चौतारी हुने नाडा बताउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.