स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न असोज ८ गते ‘एनएमबि बजार’ हुँदै

  २०७९ असोज ४ गते १७:००     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि बजार’ आयोजना गर्ने भएको छ । स्वदेशी सीप र उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन गर्ने प्लाष्टिक रहित ‘एनएमबि बजार’ आयोजना गर्ने लागेको बैंकले जनाएको छ ।

दशैं र तिहारलाई लक्षित गरी संचालन गरिएको एनएमबि बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने बैंकले जानकारी दिएको छ ।

बैंकको अनुसार बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआररपोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने छ ।

एनएमबि बैंकले असोज ८ गते सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजेसम्म आयोजना गर्ने जनाएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.