साफ महिला च्याम्पियनसिप : खेल जिते नेपाली खेलाडीले जनही ५ लाख पाउने

  २०७९ असोज ३ गते १५:३८     विकासन्युज

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि जिते खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

सरकारले हालै बनाएको नयाँ पुरस्कार कार्यविधिअनुसार सामुहिक खेल फुटबलको दक्षिण एसियाली च्याम्पियनसिपमा उपाधि जित्ने टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ ।

यस्तै, प्रमुख प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले जनही २ लाख र सो खेलको राष्ट्रिय संघले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका पाँच बजेदेखि सुरु हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.