पर्यटन मन्त्रालयका उप-सचिव प्रमोद र बिबि एयरवेजका सीइओ हरिभक्तविरुद्ध मुद्धा दायर

  २०७९ असोज २ गते १५:४२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप(सचिव प्रमोद नेपाल र बि।बि। एयरवेजका सीइओ हरिभक्त श्रेष्ठविरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ । नेपाल र श्रेष्टिविरुद्ध अख्तियारले आइतबार काठमाडौंस्थित विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अख्तियारले पर्यटन मन्त्रालयका नागरिक उड्‌डयन महाशाखाका उप(सचिव प्रमोद नेपाललाई प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने सम्बन्धमा लिएको ६ लाख घुससहित साउन १७ गते पक्राउ गरेको थियो । उनलाई काठमाडौंको होटेल अर्यानाबाट प्रकाउ गरिएको थियो ।

उनलाई नियन्त्रणमा लिइसकेपछि उनी चढ्ने बा१झ ९९४६ नम्बरको कार खानतलासी गर्दा श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ पनि भेटिएको थियो । उक्त रकम  बिबि एयरवेजका सीइओ श्रेष्ठले नेपाललाई सापटी दिएको पाइएको थियो । नेपालले श्रेष्ठको कम्पनीको नविकरण गरिदिएका थिए ।

नेपाललाई घुस लिएको र श्रेष्ठलाई भ्रष्टचार गर्न सघाएको कारण अख्तियारले मुद्धादायर गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.