ललितपुरकाे महालक्ष्मी माविमा स्नातक कक्षा सञ्चालन गर्न माग

  २०७९ असोज २ गते १२:२३     विकासन्युज

ललितपुर । दश जोड दुई कक्षासम्म सञ्चालन हुँदै आएको श्रीमहालक्ष्मी माध्यमिक विद्यालयमा अब स्नातक तहको कक्षा सञ्चालन गरिनुपर्नेमा सरोकार भएका व्यक्तिहरुले जोड दिएका छन् । उक्त विद्यालयको ७६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा उनीहरुले स्नातक तहसम्म अध्यापन गराउनका लागि तयारी गर्नुपर्ने आवश्यकता आँैल्याएका हुन् ।

श्रीमहालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले यस विद्यायले स्नातक तहको कक्षा सञ्चालनका लागि पूर्वाधार तयार पारे नगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताए । उनले नगरपालिका क्षेत्रभित्र सामुदायिक विद्यालय, गुठीबाट सञ्चालित विद्यालय र निजी क्षेत्रका गरी ५८ विद्यालय रहेको र ती सबैलाई समेटेर शैक्षिक हव बनाउने नगरपालिकाको योजना रहेको बताउँदै विद्यालयहरुमा एकरुपताका लागि शैक्षिक महोत्सव पनि गरिने जानकारी दिए ।वडानं ८का अध्यक्ष विश्वराज श्रेष्ठले नगरपपालिकाका सामुदायिक विद्यालयलाई व्यवस्थित गरिनेमा जोड दिँदै यस विद्यालयमा उच्च शिक्षासम्मको अध्यापनका लागि आवश्यक सहयोग उपलब्ध गराउन पहल गरिने आश्वासन दिए ।

प्रधानाध्यापक नीलप्रसाद दुलालले विद्यालयमा शिक्षाको स्तर बृद्धि गर्न र उच्च शिक्षाको अध्यापनका लागि अवश्यक शिक्षकका साथै पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई रामेश्वर श्रेष्ठ, पूर्वप्रधानाध्यापक नारायणलाल श्रेष्ठ, कपिल केसीलगायतले यस विद्यालयमा स्नातक तहसम्मको अध्यापन गराउनका लागि पहल गरिनुपर्ने, पाठ्यपुस्तक अध्यापनका साथै नैतिक शिक्षार संस्कारलाई जोड दिनुपर्ने र विद्यालयको स्तर बढाउन शिक्षकहरु कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाको वडानं ८,९र१०मा रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ठ अङ्क ल्याउने छात्र—छात्रालाई ‘कृष्णप्रसाद आचार्य प्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो। सोही विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि देवेन्द्रनारायण श्रेष्ठद्वारा स्थापित ‘हरिवहादुर श्रेष्ठ एक्सीलेन्ट अवार्ड’, डा। दयाराम श्रेष्ठद्वारा स्थापित ‘खेलकुद पुरस्कार’, मृगेन्द्र श्रेष्ठद्वारा स्थापित ‘विज्ञान पुरस्कार’सहित नर्सरीदेखि १२ कक्षासम्म उच्च अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा उक्त विद्यालयको व्यवस्थापन समितिको नेतृत्वमा रहेर उल्लेखनीय योगदान पु¥याएका नगरप्रमुख श्रेष्ठलाई अभिनन्दन पनि गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.