नेप्सेमा दुई कम्पनीको सेयर कारोबार रोक्का

  २०७९ असोज २ गते ११:५६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न दुई कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । नेप्सले साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको जनाएको हो ।

दुवै लघुवित्तले एकआपसमा मर्जर गर्ने प्रारम्भिक सम्झौता गरेसँगै नेप्सले सेयर कारोबार रोक्का गरेको हो । दुवै संस्थाले शुक्रबार एक आपसमा मर्जरमा जानका लागि प्रारम्भिक पत्रमा हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.