साउनमा निर्यात २८.७ प्रतिशत र आयात १२.९ प्रतिशतले घट्यो

  २०७९ भदौ ३० गते १७:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै साउन महिनामा कुल वस्तु निर्यात घटेको जनाएको हो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिकोमा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६.५ प्रतिशत र २४.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु आयात घटेर १३१ अर्ब २९ करोडमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु आयात ७५.७ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, दूरसंचार उपकरण तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm कृष्णनगर, कैलाली, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको हो भने आयाततर्पm तातोपानी, जलेश्वर, सुख्खा बन्दरगाह, कैलाली, रसुवा बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको हो ।

यस्तै, आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशत घटेर ११६ अर्ब ४८ करोड रुपैयाँ सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो आयात १८ अर्ब ८६ करोड रुपैयाँ बराबरको भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.