आयात प्रतिस्थापन गर्न सकिएन भने अर्थतन्त्र धरासायी हुन्छ : उद्योगमन्त्री बडू

  २०७९ भदौ २९ गते १६:१७     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र नै धरासायी हुन सक्ने बताएका छन् । बुधबार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अधिवृद्धि कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हन् ।

उनले आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धरासायी हुने अवस्था देखा पर्ने बताएका हुन् । आयात कम गर्न सकिएन भने अर्थचतन्त्र उकास्न नसकिने उनको धारणा छ ।

देशको अर्थतन्त्र सुधारका लागि प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले प्रभावकारी काम गर्ने बताए । यस्तै, उनले अहिले नयाँ आर्थिक वर्षको प्रारम्भ भएकोले प्रारम्भमा मन्त्रालयले नीति तथा कार्यक्रम तयार पारेका र अब एकपछि अर्को काम गर्दै अगाडि बढ्ने बताए ।

‘यो आर्थिक वर्षको प्रारम्भमा नीति तथा कार्यक्रम तयार गरेका छौं, हामी कृषिमै परनिर्भर छौं, समग्र अर्थतन्त्र सुधारका लागि निजि क्षेत्रको अहम भूमिका हुन्छ, त्यसका लागि हामी सबैले सहकार्य गर्न आवश्यक छ,’ उनले कार्यक्रममा भने ।

उद्योग मन्त्रालयले बुधबार प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अधिवृद्धि कार्यक्रममको अवधारणापत्रको ड्राफ्ट पनि सार्वजनिक गरेको छ । उक्त अवधारणा पत्रको कार्यान्वयन गरेर कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान हालको ५.९ प्रतिशतबाट दश वर्षभित्र १५ प्रतिशत पुर्याउने, उपभोग्य वस्तुको आयात क्रमशः घटाउँदै नेपाली उत्पादन र उपभोगमा अभिवृद्धि गर्ने लक्ष्य छ ।

यस्तै, स्वदेशी वस्तुको उत्पादन बृद्धि गर्न औद्योगिक लगानी र गुणस्तरीय पूर्वाधार विस्तार गर्ने, स्वदेशी उत्पादनको उपभोग बढाउन गुणस्तरीय वस्तुको उत्पादकत्व अभिवृद्धि गरी बजार पहुँच कायम गर्ने र उद्यमशीलताको विकास मार्फत रोजगार र स्वरोजगारका अवसरहरु सिर्जना गर्ने यस कार्यक्रमको उद्धेश्य छ ।

स्वदेशी वस्तुको उत्पादन बृद्धि गर्न औद्योगिक लगानी र गुणस्तरीय पूर्वाधार बिस्तार गर्नु, कृषि, वन, खानी तथा खनिजजन्य लगायतका क्षेत्रमा तुलनात्मक लाभ, प्रतिस्पर्धी क्षमता र रणनैतिक महत्वका वस्तु तथा सेवाहरुको पहिचान गर्ने, कानूनी एवं प्रकृयागत सरलीकरण र औद्योगिक प्रवर्द्धन मार्फत लगानी वृद्धि गर्ने र कृषिजन्य, वनजन्य, खानी तथा खनिजजन्य औद्योगिक उत्पादन वृद्धि गर्ने यस कार्यक्रमका रणनीति छन् ।

विद्यमान औद्योगिक तथा व्यापारजन्य पूर्वाधारहरूको सुधार, पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्दै औद्योगिक र व्यापारिक लागत घटाउने. लघु, घरेलु तथा साना उद्योगलाई सूक्ष्म अर्थतन्त्रको आधारका रुपमा विकास गर्ने, स्वदेशी उत्पादनको उपभोग बढाउन गुणस्तरीय वस्तुको उत्पादकत्व अभिवृद्धि गरी बजार पहँच कायम गर्ने, पुँजी प्रविधि र क्षमता विकास मार्फत औद्योगिक वस्तुको उत्पादकत्व बढाई उत्पादन लागत घटाने र गुणस्तरीय वस्तुहरुको उत्पादन, ब्राण्डिङ्ग र बजारीकरणलाई अभियानको रुपमा अगाडि बढाउने पनि कार्यक्रमा रणनीति छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.