एमबान स्पोट्र्स मिट २०२२ सम्पन्न

  २०७९ भदौ १८ गते १८:३६     विकासन्युज

काठमाडौं । नेपालमर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर हेल्दी लाइफस्टाइल’ भन्ने नाराका साथ एमबान स्पोट्र्स मिट २०२२ भदौ १७ गते सम्पन्न भएको छ । स्पोट्र्स मिटको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यता भएको थियो । खेल उद्घाटनमा नेपाल मर्चेन्ट बैंकर संघका अध्यक्ष मेख बहादुर थापाले अतिथि तथा सहभागिहरुलाई मन्तव्यमार्फत् स्वागत गरेका थिए । साथै उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि. काप्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडिएस एण्ड क्लियरिङ्ग लि. का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र नेपालब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनालीको पनि सहभागिता रहेको थियो ।

स्र्पोट्स मिटमा नेपालमर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नेपाल धितोपत्रबोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लि. को बिभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागीता रहेकोछ । बिभिन्न खेलकुद प्रतियोगिताहरु अन्तर्गत मिति २०७९ भाद्र १७ गते टेबलटेनिस र ब्याटमिण्टनका बिभिन्न विधामा प्रतिस्पर्धा सम्पन्न भएका छन् । जसमा ब्याटमिण्टन प्रतियोगिता अन्तर्गत भएका खेलहरुमा पुरुष डवल तर्फ विजेता नेपाल एसबिआई मर्चेन्ट् र उप विजेतामा नागरिक लगानी कोष भएको छ । त्यसै गरी महिला डवल तर्फ विजेता प्रभु क्यापिटल र उपविजेतामा ग्लोबल आइएमई क्यापिटल भएका थिए ।

सोहि दिन सम्पन्न भएका टेबल टेनिस प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरुमा पुरुष सिंगल तर्फ विजेता एनआईबिएल एस क्यापिटल र उपविजेताकुमारी क्यापिटल साथै महिला सिंगल तर्फ विजेता र उपविजेता सिद्घार्थ क्यापिटल रहन सफल भएका थिए । त्यसै गरी टेबल टेनिस भेट्रान अन्तर्गत भएका प्रतियोगिताहरुमा विजेता र उप विजेता ग्लोबल आइएमई क्यापिटल रहन सफल भएका थिए ।

उक्त स्र्पोट्स मिट अन्तर्गत हुने फुटसलका प्रतिस्पर्धाहरु यहि मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा १३ वटा टिमबीच प्रतिस्पर्धा सम्पन्न हुनेछन् । साथै, मिति २०७९ भाद्र २५ गते सम्पूर्ण खेलहरुको पुरस्कार वितरण तथा प्रतियोगिता समापन ढुकु फुटसल हवमा नै विशेष कार्यक्रमका बिच गरीने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.