अब खल्ती एपबाट क्युएफएक्स सिनेमाको टिकट काट्न सकिने

  २०७९ भदौ १५ गते १८:४४     विकासन्युज

काठमाडौं । खल्ती एपबाट क्युएफएक्समा चल्ने सिनेमाको टिकट काट्न सकिने भएको छ । बुधबार दुई कम्पनीबीच सम्झौता भएसँगै खल्ती एपबाट क्युएफएक्सको टिकट काट्न सकिने भएको हो ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विनय खड्काले ५० सकेण्डमा टिकट काट्न सकिने बताए । उनले चलचित्र उद्योगमा यस साझेदारले ठुलो सहयोग पुग्ने विश्वास लिएको पनि बताए ।

‘खल्तीले विगत ६ वर्षदेखि देशलाई नै डिजीटलाइजेशन गर्ने लक्ष्य लिएर अगाडि बढी रहेको छ, नेपालमा पनि दिनहुँ भूमि कल्चरको विकास बढ्दो छ, त्यसलाई समर्थन गर्ने हिसाबले र हामी आफै पनि माससम्म पुग्न क्युएफएक्स सिनेमासँग साझेदारी गरेका हौं,’ उनले भने ।

थ्रिएटरसँग मात्र नभई चलचित्र लेबलसम्म नै साझेदारी गरेर अगाडी बढ्ने योजना रहेको पनि खड्काले बताए ।

यस्तै, क्युएफएक्समा सिनेमा घर देशका विभिन्न ११ ठाउँमा रहेको क्युएफएक्समा सिनेमाकी महाप्रबन्धक प्रशंसा पाण्डेले बताइन् । सो हाल काठमाडौं उपत्यका भित्र सिभिल मल, लबिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स रहेका छन् । यस्तै, भाटभटेनी विराटनगर, जल्मा नारायणगढ, बागेश्वरी नेपालगन्ज, वान स्टप मल बिर्तामोड, भाटभटेनी बुटवल क्युएफएक्सका सिनेमा हलहरू छन् ।

‘आफूलाई मन परेको चलचित्र हेर्नको लागि घण्टौं कुर्नु पर्छ, लाइनमा नै बसर अब टिक काट्नु पर्दैन, अब खल्ती एप बाट सजिलै मनपरको सिट सहित जुन सुकै चलत्रिको पनि टिकट काट्न सकिन्छ,’ उलने भनिन् । १२औं क्युएफएक्स हल वीरगन्जमा खुली सञ्चालनमा आउने पनि पाण्डेले जानकारी दिइन् ।

खल्तीको करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ५० हजार भन्दा बढी एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.