नेपाल मर्चेन्ट बैंकर संघको आयोजना ‘एमबान स्पोर्टस मिट २०२२’ हुने

  २०७९ भदौ १४ गते १३:३४     विकासन्युज

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित पहिलो पहिलोपटक ‘एमबान स्पोर्टस मिट २०२२’ आयोजना हुने भएको छ । ‘एमबान स्पोर्टस मिट २०२२’ अन्तर्गत विभिन्न विधामा धेरै प्रकारका खेलकुद प्रतियोगिताको आयोजना हुने र सो प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरु, नियामक निकाय र सरोकारवालाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । आयोजकका अनुसार सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहेर सञ्चालन हुनेछन् ।

कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु यहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुने आयोजकले बताएको छ । त्यस्तै फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापन सहित मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.