५४२ जनामा कोरोना संक्रमण पुष्टि

  २०७९ भदौ २ गते १६:४१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ५४२ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना संक्रिमतको कूल संख्या ९ लाख ९४ हजार ६१३ जना पुगेको छ ।

यस्तै २४ घण्टामा ४ हजार ९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ८२ जना तथा एन्टिजेन विधिबाट २ हजार ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २६५ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोना संक्रमणमुक्त हुने ४२१ जना रहेका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७७ हजार ३५८ जना पुगेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७ हजार ६५७ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.