१०.७५ प्रतिशत व्याज पाइने सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

  २०७९ भदौ २ गते १६:१७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको ‘१०.७५% एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९’ नेप्सेमा सूचीकृत भएको छ । मंगलबार मात्रै बैंकको १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो ।

उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् ।

बैंकले सर्वसाधारणमा निष्कासन गरेको ४० लाख थान अर्थात ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र वितरण भई साउन ३१ गते नेप्सेमा सूचीकृत भएको हो ।

उक्त ऋणपत्र भदौ १ गतेदेखि नै दोश्रो बजारमा कारोबारमा आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.