नाडेप लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

  २०७९ भदौ २ गते १२:३२     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले आन्तरिक लेखापरीक्षकका लागि २ जना, कानून अधिकृतका लागि १, सवारी चालकका लागि १ र कनिष्ठ सहायक प्रशिक्षार्थी लागि केही संख्यामा कर्मचारी मागेको हो ।

लघुवित्तका अनुसार आन्तरिक लेखापरीक्षकको लागि आईपीपीसी, कानून अधिकृतको लागि कानून विषयमा स्नातक र कनिष्ठ सहायक प्रशिक्षार्थीको लागि प्लस टु उत्तिर्ण गरेको हनुपर्नेछ ।

त्यस्तै, सवारी चालकको लागि आठ कक्षा पास गरी ड्राईभिङ लाईसेन्स लिई १ वर्षको कार्य अनुभव भएको हुनुपर्छ । २१ देखि ३५ वर्षका समुहका व्यक्तिले आवेदन दिन सक्नेछन् तर महिलाको हकमा भने ४० वर्ष सम्मकाले आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित भदौ १६ गतेभित्र लघुवित्तको वेवसाइटमा गएर आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.