सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको ह्यारिसन प्यालेसमा २० प्रतिशतसम्मको छुट

  २०७९ भदौ १ गते १९:३२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकर विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बुधबार बैंक र प्यालेसबीच बैंकका डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ह्यारिसन प्यालेसमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.