साढे ६ हजार सर्किट किलोमिटर प्रसारण लाइनको निर्माणमा प्राधिकरण

  २०७९ भदौ १ गते १९:०७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न क्षमताको साढे ६ हजार सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको बताएको छ । प्राधिकरणले साढे ६ हजार सर्किट किलोमिटर प्रसारण लाइन र १० हजार केन्द्रीय क्षमताका सब स्टेसन निर्माणको लागि अध्ययनको चरणमा रहेको छ ।

प्राधिकरणका अनुसार विद्युत् प्रसारण लाइन अझ विस्तारित र भरपर्दो बनाउन थप आयोजनाको अध्ययनको काम पनि भइरहेको छ । छिमेकी मुलुक भारतसँग विद्युत व्यापारको लागि बुटवल गोरखपुर ४ सय केभी दोस्रो अन्तर देशीय प्रसारण लाइन कार्यान्वयनको चरणमा पुगेको छ ।

इनरुवा पुर्निया र हेलम्की फरेली ४ सय केभी प्रसारण लाइन तथा केलपुरदेखि उत्तर प्रदेशको नाम तारा जोड्ने १ सय ३२ केभी प्रसारण लाइनमा सम्भवयताको अध्ययन पुरा भएको प्राधिकरणले जनाएको छ । मैनहीया सम्पतिहा न्यु नौतनुहा १ सय ३२ केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ ।

यी विद्युतीय पूर्वाधार निर्माण भइसकेपछि नेपालमा खपत भई बाँकी विद्युत भारतमा बजारमा बिक्री गर्न थप सहज हुने विश्वास प्राधिकरणले लिएको छ । प्राधिकरणले रसुवागढी केरुङ ४ सय केभी प्रसारण लाइन निर्माण गर्नको लागि नेपाल तर्फको लाइनको सम्भवयताको अध्ययन पुरा गरेको बताएको छ ।
यस्तै, निर्माणाधीन आयोजना यतासीघ्र सक्न मात्र हैन, दीर्घकालीन आयोजना अन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण वितरण तर्फका ठुला क्षमताको सब स्टेसनहरूको निर्माण अगाडि बढाएको पनि प्रधिकरणले जनाएको छ ।

यस्तै, प्राधिकरणले यस वर्ष विभिन्न ठाउँमा १६ वटा सब स्टेसनहरू निर्माण सम्पन्न गरेको बताएको छ । गत आर्थिक वर्ष मात्रै प्राधिकरणले ६६ केभी र त्यस भन्दा ठुला क्षमताका ४ सय ५५ सर्किट किलोमिटर प्रसारण लाइनको सम्पन्न गरेको छ ।

सोलु कोरिडोर, मोतीपुर–सन्धि खर्क, बन्दर्घाट–सन्धि, बुटवल –मैनहिया, सिङगठि–लामो साखु, नयाँ मोती–लाहा चोक १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको आएको छ । २ सय २० केभी को कोसी कोरिडोर प्रसारण लाइन अन्तर्गत इनरुवा तुम्लिङटार खण्ड, मर्सयाङदि काठमाडौं, भरतपुर कन्दरघाट प्रसारण लाइन अधिकांश भाग निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याएको प्राधिकरणको भनाइ छ ।
यस्तै, ३ हजार १ सय सर्किट किलोमिटरका प्रसारण लाइन निर्माणाधीन रहेको पनि प्राधिकरणले जनाएको छ । साथै साथ हजार ८ सय ५७ केन्द्रीय क्षमताका सब स्टेसनहरू निर्माणाधीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.