सनराइज नारी बचत खाता हुनेलाई भदौ महिनामा क्यासब्याक र छुट

  २०७९ भदौ १ गते १९:०४     विकासन्युज

काठमाडौं । हरितालिका तिजलाई लक्षित गर्दै सनराइज बैंकले महिला ग्राहकहरुकाे लागि अफर ल्याएकाे छ ।

यस याेजना अन्तर्गत भदाै १ गते देखि भदाै १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुले पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

भदाै महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि नि:शुल्क रुपमा डेबिट कार्ड, डिम्याट खाता र मेरो सेयर खाता पाउनेछन् । यसका साथै, गरगहना राख्नको लागि लकर सुविधाdf ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएकाे छ ।

सनराइज बैंकले नारी बचत खातामा १० हजारसम्मको प्रसुती खर्च र ५ लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ । यस्तै, बैंकले स्वास्थ्य योजना अन्तर्गत १ लाखसम्मको स्वास्थ्य बीमा र ५ लाखसम्मको दुर्घटना बीमा समेत दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.