हिम पर्वत हाईड्रोपावरले सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल नियुक्त

  २०७९ भदौ १ गते १५:५५     विकासन्युज

काठमाडौं । हिम पर्वत हाईड्रोपावरले ४२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले आयोजना प्रभावितको लागि १४ लाख र सर्वसाधरणको लागि २८ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

हाईड्रोपावरले यसको लागि सिबिआईएल क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा हाइड्रोको तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटलका तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् ।

हिम पर्वत हाईड्रोपावरले दोलखा जिल्लामा २० मेगावटकाे सागुँ खोला जलविद्युत आयोजना र ५.५० मेगावाटको सागुँ खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.