गरिमा क्यापिटलको सीइओमा निर्मल भट्टराई नियुक्त

  २०७९ भदौ १ गते १५:११     विकासन्युज

काठमाडौं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत(सीइओ) पदमा निर्मल भट्टराई नियुक्त भएका छन् । भदौ १ गतेदेखि लागु हुने गरी भट्टराई क्यापिटलको सीइओमा नियुक्त भएका हुन् ।

उनलाई साउन २९ गते आइतबार बसेको संचालक समितिको बैठकले सीइओ बनाउने निर्णय गरेको थियो ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी ९सीए० गरेका छन् । उनी गरिमा क्यापिटलको स्थापनाकाल देखि नै विभिन्न पदमा रहेर कार्यसम्पादन गर्दै आएको थिए । यस अघि उनी क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी० सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु प्रदान गर्नेछ ।

गरिमा क्यापिटलले आफ्नो सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.