एनएमबि क्यापिटलले सार्वजनिक गर्यो तीन म्युचुअल फण्डको न्याभ, कुनको कति ?

  २०७९ भदौ १ गते १०:५६     विकासन्युज

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका विभिन्न म्युचुअल फण्डको वित्तीय विवरण सार्वजनिक भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल-१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड-इ को गत आर्थिक वर्ष २०७८/७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको हो ।

जसमध्ये एनएमबि हाइब्रिड फण्ड एल-१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरि गत साउन ३१ गते बुक क्लोज गरिसकेको छ ।

एनएमबि फिफ्टी को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरि गत साउन ३१ गते बुक क्लोज गरिसकेको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना ‘एनएमबि सरल बचत फण्ड-इ’ रहेको छ । विगत नौ महिना देखि संचालनमा रहेको यस योजनाको गत आषाढमा खूद सम्पत्ति मूल्य (न्याभ) ९ रुपैयाँ ११ पैसा कायम रहेको छ ।

साथै, एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२’ गत श्रावण २६ गतेदेखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.