अर्थमन्त्रीले मेयर साम्पाङसँगको भेटमा भने : खानेपानीको समस्या समाधान गर्न सहयोग गर्छौं

  २०७९ साउन ३१ गते १८:१०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेकाे बताएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गसंग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले धरान महानगरपालिकालाई सहयोग गर्ने बताएका हुन् ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनको टीमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेकाे जनपरिचालनको प्रशंशा पनि गरे । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ,’ मन्त्री शर्माले भने ।

भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए । उनले ‘तपाईंहरु हाम्रो अविभावक हो जनताको यो समस्या समाधान गर्न आबश्यक सहयोग गरिदिनुहोला,’ उनले भने, ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.