नेपालमै पहिलो पटक सनवे कलेजमा स्नातक तहमा डाटा साइन्स ‘एक्सक्लुसिभ’ को पढाइ हुने

  २०७९ साउन ३१ गते १५:१६     विकासन्युज

काठमाडौं । सनवे कलजेले बेलायतको युनिभर्सिटीको सम्बन्धनमा डाटा साइन्स विषयमा ४ वर्षे स्नातक तहको अध्यापन गराउने भएको छ । कलेजका एकेडेमीक डाइरेक्टर प्रमोद पौडेलले सनवे कलजेले नेपालमै पहिलो पटक डाटा साइन्स विषयमा ४ वर्षे स्नातक तहको अध्यापन गराउने भएको जानकरी दिए ।

‘औपचारिक रूपमा बेलायतको बर्मिंगह्याम सिटी विश्वविद्यालयसँग शैक्षिक सहकार्य गरेसँगै ४ वर्षकै लागि स्पेसिफिक डाटा साइन्स विषय पढाउन सुरु गरेका हौँ,’ उनले भने ‘पछिल्लो समय नेपाल लगायत विश्वभर डाटा साइन्स प्रति विद्यार्थीको आकर्षण बढेको र यसैलाई मध्यनजर गर्दै यो विषयलाई प्राथमिकतामा राखेर अध्यापन सुरु गरेका हौँ ।’

उनका अनुसार बेलायतमा आधारित रहेको डिग्रीले इन्डस्ट्रीको माग अनुसारको विद्यार्थी उत्पादन गर्नेछ । विश्वविद्यालयसँगको सहकार्यमा कलेजले छिट्टै बीए (अनर्स) इन मार्केटिङ विथ डिजिटल कम्युनिकेसन, स्नातक तहमा डिजिटल मार्केटिङ र बिएससी (अनर्स) कम्प्युटर एण्ड डाटा साइन्स कोर्ष सार्वजनिक गर्ने प्रमोदले जानकारी दिए ।

यसअघि विभिन्न कलेजमा विभिन्न कोर्ष अन्तर्गत डाटा साइन्सको सिमित अंकको पढाइ हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.