भदौ ३० गतेदेखि अवैध रूपमा भित्रिने मोबाईल फोनमा प्रतिबन्ध लगाउँदै सरकार

  २०७९ साउन ३० गते १९:३२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेबाट एमडिएमएस लागु गर्ने निर्णय  गरेको छ । सोल्टी होटलमा सम्पन्न भएको ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ (एमडिएमएस) को संयुक्त कार्यशाला गोष्ठीमा प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

एमडिएमएस प्रणाली अनधिकृत रूपमा मोबाईल फोनहरू नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भनी मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजेपनि गैरकानुनी मार्गबाट भन्सार छलीका फोनहरू लाखौंको संख्यामा भित्रदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुकाे साथै सरकारले अर्बौ राजस्वसमेत गुमाउनु परेको मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा बताए ।

‘गैरकानुनी रूपमा भित्रिने फोनहरूमध्ये चोरीका, रिफर्बिस फोनहरू समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरू ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौतीसम्म गर्नुपर्ने वाध्यताले हजारौंको संख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको छ,’ उनले भने ।

कार्यक्रममा एमपिआइएका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० गतेदेखि औपचारिक रूपमा एमडिएमएस शुरुवात हुने र यसको दुईदेखि तीन महिनामा सतःप्रतिशत लागू हुने बताए । ‘दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गरिएको र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल चल्ने छैन,’ उनले भने ।

यो योजनाबाट अर्थमन्त्रालयको राजस्व वृद्विमा ठूलो योगदान पुर्‍याउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.